दिनेश ढकालले दिए युवा संघको केन्दीय सदस्यको उम्मेदवारी

हिमाल प्रेस १२ जेठ २०८२ ८:११ | Monday, May 26, 2025
दिनेश ढकालले दिए युवा संघको केन्दीय सदस्यको उम्मेदवारी

काठमाडौँ- इलामका युवा दिनेश ढकालले राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।

उनले पोखरामा जारी १० औँ राष्ट्रिय सम्मेलनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्। लामो समय विद्यार्थी राजनीति गरेका उनी युवाका क्षेत्रमा काम गर्ने भन्दै उनी केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्। उनी यसअघि पनि युवा संघकै केन्द्रीय तहमा थिए।

‘युवा क्षेत्रमा काम गर्न म केन्द्रीय सदस्यमा लड्न लागेको हुँ।’ उनले भने,‘युवाहरूको भावनामा काम गर्ने भएकाले जित निकाल्ने विश्वास छ।’

सबल र सुदृढ संगठन निर्माणको आफू लागि पर्ने उनले बताए। युवा संघको नेतृत्व चयनका लागि आजै चुनाव हुने तयारीमा छ। अध्यक्षमा क्षितिज थेवे र सुमन पुरीले उम्मेदवारी दर्ता गराएका छन्। ढकाल भने आफूलाई दुवै टिमका समर्थन रहेको दाबी गर्दै आएका छन्। इलाम गृह क्षेत्र घर भएका उनी जिल्ला केन्द्रित राजनीति गर्दै आएका छन्।

प्रकाशित: १२ जेठ २०८२ ८:११ | Monday, May 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast