गंगानारायण श्रेष्ठ नेतृत्वको नेसपा र माओवादीबीच आज एकता

हिमाल प्रेस १२ जेठ २०८२ ६:२६ | Monday, May 26, 2025
गंगानारायण श्रेष्ठ नेतृत्वको नेसपा र माओवादीबीच आज एकता

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा माओवादी केन्द्रबीच आज (सोमबार) एकता हुँदैछ। ललिपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११ः३० बजे माओवादी केन्द्र र नेसपाबीच एकता घोषणा गरिने संयोजक गंगानारायण श्रेष्ठले जानकारी दिए।

आइतबार महिन्द्रराय यादवलाई हटाएर श्रेष्ठ आफै संयोजक तोकिएका छन्। ललितपुरस्थित एकान्तकुनामा बसेको पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी केन्द्रीय समिति पुनर्गठन गरी सहध्यक्ष गंगानारायण श्रेष्ठलाई संयोजक तोक्ने निर्णय गरेको नेसपा सचिवालयले जनाएको छ।

गत चैत ३ मा नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको पार्टी एकता संयोजन समितिको संयुक्त बैठकले गरेको तीन बुँदे निर्णयको आधारमा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय पनि आइतबारको बैठकले गरेको छ।

प्रकाशित: १२ जेठ २०८२ ६:२६ | Monday, May 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast