लागुऔषध कारोबारमा संलग्न चार पक्राउ

हिमाल प्रेस ११ जेठ २०८२ १७:५८ | Sunday, May 25, 2025
लागुऔषध कारोबारमा संलग्न चार पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

सिन्धुली गोलञ्जोर गाउँपालिका-२ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका-४ बस्ने २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-२ घर भई काठमाडौँ महानगरपालिका-१२ टेकु बस्ने २३ वर्षीय रविन श्रेष्ठ, नुवाकोट तारकेश्वर गाउँपालिका-४ घर भई हाल काठमाडौँ टेकु बस्ने २१ वर्षीय सुरेन्द्र अछामी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-४ का २५ वर्षीय विजय आलेमगर पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।

‘कामाडौँको बल्खु क्षेत्रमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीको टोलीले बल्खुस्थित सडकखण्डमा शङ्कास्पद तवरले हिँडिरहेका होमराज श्रेष्ठलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा लागुऔषधको कारोबारमा संलग्न भएका पत्ता लागेपछि निजहरूलाई पक्राउ गरिएको हो,’ बोहराले भने।

पक्राउ परेकाहरूका साथबाट लागुऔषध ट्रामाडोल एक हजार ६७ क्याप्सुल, नगद १९ हजार ५०० र विभिन्न कम्पनीका ६ वटा मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए।

प्रकाशित: ११ जेठ २०८२ १७:५८ | Sunday, May 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast