कोरोना संक्रमणबाट भारतको महाराष्ट्रमा एक जनाको मृत्यु

हिमाल प्रेस १० जेठ २०८२ २२:४६ | Saturday, May 24, 2025
कोरोना संक्रमणबाट भारतको महाराष्ट्रमा एक जनाको मृत्यु

काठमाडौँ– भारतको महाराष्ट्र राज्यमा कोभिड–१९ बाट एक जनाको मृत्यु भएको छ। महाराष्ट्रको ठाणेमा कोरोना संक्रमितको ज्यान गएको त्यहाँको नगर निगमले जनाएको हो।

केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयको वेबसाइटमा दिइएको जानकारीअनुसार हाल महाराष्ट्रमा कोरोनाबाट संक्रमित ५६ जना देखिएका छन्।

ठाणेमा कोरोनाबाट मृत्यु हुने युवकको उमेर २१ वर्ष रहेको बीबीसीले जनाएको छ। गम्भीर मधुमेहका कारण २२ मेमा अस्पताल भर्ना भएका उनको शुक्रबार कोरोना पोजिटिभ देखिएको थियो।

त्यस्तै उत्तर प्रदेशको नोएडामा ५५ वर्षीया एक महिलामा कोरोना संक्रमण देखिएको छ।

पछिल्लो समय भारतसहित दक्षिण एसियाका कतिपय देशमा कोरोना संक्रमण देखिन थालिएको छ।

प्रकाशित: १० जेठ २०८२ २२:४६ | Saturday, May 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast