देशभर कहाँ कहाँ चल्यो गोली ?

हिमाल प्रेस ४ मंसिर २०७९ १७:४८ | Sunday, November 20, 2022
देशभर कहाँ कहाँ चल्यो गोली ?

काठमाडौँ– प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान सकिएको छ। आइतबार सम्पन्न मतदानमा जनताको उत्साहजनक उपस्थिति हुन सकेन। मतदानका क्रममा देशभरका केही मतदानस्थलमा झडप भएको छ।केहीमा मतदान नै स्थगित भएको छ। निर्वाचन चलिरहँदा देशका कतिपय स्थानमा गोली समेत चलेको छ। सुरक्षा निकाय स्रोतका अनुसार नेपालमा आज २५ ठाउँमा गोली चलेको छ।

जसमा प्रदेश १ को ताप्लेजुङमा १ स्थानमा गोली चलेको छ। मधेश प्रदेशको सिरहास्थित मिर्चैया बडहरामालमा, राैतहटकाे गुजरा-४ समेत गोली चलेको छ। बागमती प्रदेशको चितवन, दोलखाको तामाकोशी गुम्बेश्वरी मावि, जिरी-९ स्थित कालिाका मावि चिपचिपे, तामाकोशी २ अमर मावि भत्तेर चौर, जनज्योति मावि बैतेश्वर, कालापानी मावि जफे, कालिनचाोक गाउँपालिका १ वडा कार्यालय बेगुम्पा, सुर्योदया प्रावि भदौरेमा गोली फायरिङ भएको छ।

गण्डकी प्रदेशस्थित स्याङ्जाको चापाकोट नगरपालिका-१ भानु मावि आदी चौघेरा, गल्याङ नगरपालिकास्थित आदर्श माविमा समेत गोली चलेको छ। कर्णाली प्रदेशको हुम्लास्थित देवकोटा आवि कुनापानी र मान्धारा मावि भकुण्डामा समेत गोली चलेको बताइएको छ।

स्दूरपश्चिम प्रदेशस्थित बाजु्रा जिल्लाका स्वामीकार्तिक, छेडेदह, कैलाशेवरी मावि मना, सत्य मावि पाण्डुसैन र धुरालसेरा मावि डुगरीमा समेत गोली फायरिङ भएको छ। डोटीको राधाकृष्ण मावि गोपघाट, दार्चुलाको मालिकार्जुन मावि र बझाङको मष्टा आधार आवि बरेलथुममा समे गरी देशभर कूल २४ स्थानमा गोली चलेको छ। यद्यपि आमनिर्वाचनमा फाटफुट घटना भएपनि समग्रमा निर्वाचन शान्तिपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०७९ १७:४८ | Sunday, November 20, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast