प्रधानमन्त्रीसँग जापानका उपपरराष्ट्रमन्त्रीको शिष्टाचार भेट

हिमाल प्रेस ३ जेठ २०८२ १७:४७ | Saturday, May 17, 2025
प्रधानमन्त्रीसँग जापानका उपपरराष्ट्रमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग जापानका उपपरराष्ट्रमन्त्री इक्युना आकिकोले शनिबार शिष्टाचार भेट गरेकी छन्।

प्रधाननमन्त्री निवास बालुुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सुमधुर सम्बन्ध रहेको चर्चा गरे।

उनले वर्तमानमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या सबैको चासोको विषय भएको बताउँदै सगरमाथा संवाद आयोजना गरिएको उल्लेख गरे। संवादमा जापान सरकारको नेतृत्व गरेर सहभागी भएकामा उपमन्त्री इक्युनालाई उनले धन्यवाद दिए।

प्रधानमन्त्री ओलीले अनुुकूल पूर्वाधार निर्माण, वातावरणीय दिगोपना र विपद् जोखिम न्यूनीकरणमा जापानी अनुभव नेपालका लागि उपयोगी हुने बताए।

उपमन्त्री इक्युनाले आर्थिक विकास, शिक्षा, मानव संशाधन विकास र वातावरण एवं संस्कृति संरक्षणमा जापानका तर्फबाट सहयोग निरन्तर रहने बताइन्।

त्यस अवसरमा नेपालका लागि जापानका राजदूत माइदा तोरु तथा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए।

प्रकाशित: ३ जेठ २०८२ १७:४७ | Saturday, May 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast