कांग्रेसको राज्य प्रशासन विभागमा १० सदस्य मनोनीत

हिमाल प्रेस २ जेठ २०८२ १४:५६ | Friday, May 16, 2025
कांग्रेसको राज्य प्रशासन विभागमा १० सदस्य मनोनीत कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ-  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको राज्य प्रशासन विभागमा १० जना सदस्य मनोनीत गरेका छन्।

पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम उनले गोविन्द भट्टराई प्रमुख रहेको राज्य प्रशासन विभागमा सदस्य मनोनीत गरेका हुन्।

विभागमा मनोनीत हुने सदस्यहरूमा विजराज आचार्य (कास्की), डिल्लीप्रसाद शिवाकोर्टी (भक्तपुर), गोपालप्रसाद पोख्रेल (सुनसरी), अर्जुन साह (सप्तरी), थम्मनबहादुर खत्री (गुल्मी), रामबहादुर रोकाह (डोटी), मक्करबहादुर रावल (मुगु), गीता देवकोटा (चितवन), द्रोपदी वली (बाँके) र तीर्थराज खनाल (झापा) रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: २ जेठ २०८२ १४:५६ | Friday, May 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast