काठमाडौँमा अपराह्नपछि वर्षाको सम्भावना

हिमाल प्रेस २ जेठ २०८२ ७:०८ | Friday, May 16, 2025
काठमाडौँमा अपराह्नपछि वर्षाको सम्भावना

काठमाडौँ- आज काठमाडौँ उपत्यकामा अपराह्नपछि वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार काठमाडौँमा दिउँसो आंशिक बदली रहने र बेलुकीपछि क्षणिक वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद् शान्ति कँडेलको भनाइमा आज काठमाडौँमा अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियसको आसपास रहनेछ। पश्चिमी वायु, स्थानीय प्रणाली र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको असरका कारण वर्षाको सम्भावना देखिएको हो।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ। ती प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावनासमेत रहेको छ। राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। ती क्षेत्रका थोरै स्थानमा मेघगर्जन र हल्का वर्षा हुने सम्भावना छ।

प्रकाशित: २ जेठ २०८२ ७:०८ | Friday, May 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast