 
                             
                                            काठमाडौँ- ८९ दिन लामो शिक्षक आन्दोलनपछि नेपाल शिक्षक महासंघसँग गरिएको ९ बुँदे सहमति तथा विगतका सहमति कार्यान्वयनप्रति सरकार गम्भीर नभएको भन्दै शिक्षक नेताहरूले चिन्ता व्यक्त गरेका छन्।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीका अनुसार सहमति कार्यान्वयनप्रति सरकारको रवैया सकारात्मक देखिएको छैन। अधिकारीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको भूमिकाप्रति असन्तोष जनाउँदै सबै पक्ष मिलेर दबाब दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
अध्यक्ष अधिकारीले भने, ‘सम्झौतामा सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त सकारात्मक छैनन्। सबैले दबाब दिऔं।’ शिक्षक नेताहरूले सहमति पालना नभए पुनः आन्दोलनमा उत्रनुपर्ने अवस्था आउन सक्ने चेतावनी समेत दिएका छन्।
शिक्षकसँग भएका सम्झौता कार्यान्वयन नहुँदा पूर्वशिक्षामन्त्री केसीको असन्तुष्टि
शिक्षा विधेयक : उपसमितिको सहमति निर्णायक हुँदैन : सभापति थापा

 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![सरकार शिक्षा ऐन नल्याएर शिक्षकविरुद्ध मिडियाबाजीमा उत्रियो : नानुमाया पराजुली [अन्तरवार्ता]](https://himalpress.com/wp-content/uploads/2025/08/nanumaya-parajuli.jpg) 
                                              
                                              
                                             ![सहमतिका बुँदा शिक्षा विधेयकमा समेट्न महासंघको अडान कायमै छ : लक्ष्मीकिशोर सुवेदी [अन्तरवार्ता]](https://himalpress.com/wp-content/uploads/2025/07/laxmikishor-subedi.jpg) 
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 