प्रधानसेनापति टेनिस प्रतियोगिता : प्रधानसेनापति सिग्देलद्वारा विजयी खेलाडीलाई पुरस्कार वितरण

हिमाल प्रेस २८ वैशाख २०८२ १५:५७ | Sunday, May 11, 2025
प्रधानसेनापति टेनिस प्रतियोगिता : प्रधानसेनापति सिग्देलद्वारा विजयी खेलाडीलाई पुरस्कार वितरण

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देलले यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता-२०८२’ का विजयी क्लब र खेलाडीलाई नगद पुरस्कार प्रदान गरेका छन्।

जङ्गीअड्डा परिसरमा यही वैशाख २१ देखि सञ्चालित उक्त प्रतियोगितामा क्लबतर्फ त्रिभुवन आर्मी क्लब प्रथम, काठमाडौँ लन टेनिस एशोसिएन द्वितीय र नेपाल टेनिस एशोसिएसन तृतीय भएका छन्।

प्रतियोगितामा महिला व्यक्तिगततर्फ सिभाली गुरुङ, स्वस्तिका विष्ट तथा सुनिरा थापा र प्रकृति श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो तथा पुरुषतर्फ प्रदीप खड्का प्रथम, आरभसम्राट हाडा द्वितीय तथा निशान श्रेष्ठ र प्रणव मानन्धर तृतीय भए।

खुला तथा भेट्रान्सतर्फ १२ विधामा खेल भएका थिए। प्रतियोगितामा नौ क्लबका १५ महिलासहित १९६ जना सहभागी थिए। नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना भएको हो।

प्रकाशित: २८ वैशाख २०८२ १५:५७ | Sunday, May 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast