आतंकवादविरुद्ध लड्नु सबै राष्ट्रको कर्तव्य हो : जनार्दन शर्मा

हिमाल प्रेस २५ वैशाख २०८२ १३:२६ | Thursday, May 8, 2025
आतंकवादविरुद्ध लड्नु सबै राष्ट्रको कर्तव्य हो : जनार्दन शर्मा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभावकर’ ले आतंकवादलाई मानव सभ्यताको सबैभन्दा खराब रूप भन्दै त्यसविरुद्ध एकजुट भएर लड्न आवश्यक रहेको बताएका छन्।

भारतले हालै सञ्चालन गरेको ‘अपरेसन सिन्दूर’ लाई संकेत गर्दै उनले आतंकवाद विरुद्धको लडाइँमा अन्तर्राष्ट्रिय सहकार्य अनिवार्य रहेको बताए।

‘आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो,’ शर्माले सामाजिक संजालमार्फत भने, ‘यसलाई परास्त गर्न सबै राष्ट्रले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ।’

शान्ति र स्थिरताको सुनिश्चितताका लागि आपसी सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उपमहासचिव शर्माले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोगमार्फत मात्र आतंकवादलाई अन्त्य गर्न सकिने बताए।

उनको भनाइमा, ‘आतंकवाद विरुद्धको लडाइँ कुनै एक राष्ट्रको मात्र नभई सबै राष्ट्रको साझा जिम्मेवारी हो।’

प्रकाशित: २५ वैशाख २०८२ १३:२६ | Thursday, May 8, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast