काठमाडौँ- विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले आन्दोलन जारी राखेको छ।
आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका हुन्। उनीहरुले सरकारसँगको वार्ता र आन्दोलनलाई निरन्तर रुपमा अघि बढाएका छन्।
उनीहरुले संघीय संसद्बाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै मंगलबार नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र नजिक प्रदर्शन गरेका थिए। शिक्षकहरूले आन्दोलन थालेको २८ दिन भएको छ।
शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयत्न गरे पनि प्रहरीले रोकेको थियो। महासंघले तत्काल सरकारले आफूहको मागमा सहमति नजनाए बुधबार सामूहिक गिरफ्तारी दिने जनाएको छ।
प्रकाशित: १६ वैशाख २०८२ १४:१३ | Tuesday, April 29, 2025
प्रतिक्रिया



