‘ऐन जारी भएपछि विद्यालय कर्मचारीले हालको भन्दा धेरै तलब पाउँछन्’

हिमाल प्रेस १५ वैशाख २०८२ १७:४४ | Monday, April 28, 2025
‘ऐन जारी भएपछि विद्यालय कर्मचारीले हालको भन्दा धेरै तलब पाउँछन्’ उपसमिति बैठक। फाइल तस्बिर

काठमाडौँ- सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी (लेखापाल, कार्यालय सहयोगी) ले हाल पाइरहेको भन्दा धेरै तलब पाउने विषयमा सहमति जुटेको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिमा जारी विद्यालय शिक्षा विधेयक–२०८० मा यस्तो सहमति भएको उपसमितिका एक सदस्यले हिमालप्रेसलाई जानकारी दिए।

उनले भने, ‘शिक्षा ऐन जारी भएपछि विद्यालय कर्मचारीले हालकोभन्दा धेरै तलब पाउनुहुन्छ।’ ती सदस्यको भनाइमा संघीय सरकारको मापदण्डअनुसार स्थानीय तहले कुन योग्यताको विद्यालय कर्मचारी नियुक्त गर्छ त्यो अनुसार तलब, सेवासुविधा हुनेछ।

विद्यालय कर्मचारीहरू पनि नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलनमा सहभागी छन्। सामुदायिक विद्यालयमा ३६ हजार विद्यालय कर्मचारी छन्। हाल संघीय सरकारबाट कार्यालय सहयोगीले मासिक ८ हजार रुपैयाँ र लेखापालले मासिक १३ हजार पाँच सय रुपैयाँ पाउँछन्।

उक्त तलबमा केही स्थानीय सरकारले थपेर दिएका छन्। विद्यालय कर्मचारीहरूले संघीय सरकारबाटै समयोचित तलब, दरबन्दीलगायतका माग राखेका छन्।

यी हुन् कर्मचारीका माग

विद्यालय कर्मचारी परिषद्ले महासंघलाई अवगत गरायो आफ्ना माग

प्रकाशित: १५ वैशाख २०८२ १७:४४ | Monday, April 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast