मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण

हिमाल प्रेस १५ वैशाख २०८२ ८:२५ | Monday, April 28, 2025
मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण

काठमाडौँ- मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी सर्वसम्मत चयन भएकी छन्। आइतबार सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट भण्डारी अध्यक्षमा सर्वसम्मत भएकी हुन्। सचिवमा हस्त पण्डित र कोषाध्यक्षमा मिना भण्डारी चयन भइन्। सम्मेलनले ३१ सदस्य कार्यसमिति गठन गरेको छ।

सदस्यहरूमा डेगेन्द्र पाण्डे, चिन्तामणि भट्टराई, सुशील प्याकुरेल, प्राडा प्रेम सागर चापागाईँ, प्राडा ध्रुवबहादुर कार्की, प्राडा नन्दबहादुर सिंह रहेका छन्। यस्तै सदस्यहरुमा डा कुन्दन अर्याल, डा, महेन्द्र विष्ट, डा। भेषराज अधिकारी, प्राडा बद्रिविशाल पोखरेल, डाक्टर विमला राई पौडेल, डाक्टर कैलाश भण्डारी, रामशरण प्याकुरेल सर्वसम्मत भएका छन्।

यसैगरी सदस्यहरुमा डाक्टर कालूसिंह खत्री, मिलन धरेल, अमरध्वज लामा, अधिवक्ता कृष्ण भण्डारी, सन्तोष रावल, बालकृष्ण शिवाककोटी, राम प्रसाद न्यौपाने, ईञ्जिनियरअमन कुमार मास्के, चिन्तन पाठक, विनय केसी, अशोक शेरचन, पूर्णबहादुर कार्की, हरदेव जोशी, डाक्टर सुरेश तिवारी र बलबहादुर आचार्य चयन भए।

चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन फाउन्डेसनका संरक्षक रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।

प्रकाशित: १५ वैशाख २०८२ ८:२५ | Monday, April 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast