सबै राजावादीको नेतृत्वकर्ता एउटै मञ्चमा

हिमाल प्रेस १५ वैशाख २०८२ ८:०२ | Monday, April 28, 2025
सबै राजावादीको नेतृत्वकर्ता एउटै मञ्चमा

काठमाडौँ- राजसंस्थाको एजेन्डा बोकेका सबै राजनीतिक दल र अभियानकर्ता आज एकैसाथ देखिने भएका छन्। कमल थापा नेतृत्वको राप्रपा नेपालको आयोजनामा रत्नपार्कको शान्तीबाटिकामा हुने कार्यक्रममा सबै दलका शीर्ष नेता देखिने भएका छन्।

पार्टीका महामन्त्री राजाराम बर्तौलाले आइतबार बेलुकी प्रेस नोट जारी गर्दै कार्यक्रमस्थल परिवर्तन गरिएको जानकारी दिएका थिए ।

चैत्र १५ गते तिनकुने घटनामा पक्राउ परेकाहरूको तत्काल रिहाइ र राजसंस्था र धर्मनिरपेक्षताको विरोधमा बन्देज बनाउने कानुन निर्माण हुन लागेकोमा त्यो तत्काल रोकिनु पर्ने भन्दै राप्रपा नेपालको आयोजनामा सोमबार काठमाडौँको प्रदर्शनीमार्गमा हुन लागेको जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको समेत उनले जानकारी दिएका छन्।

‘पार्टी अध्यक्ष कमल थापाले विभिन्न शीर्ष नेताहरूसँग सम्पर्क ,समन्वय गर्नुभएको छ ,राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टसँग अध्यक्षज्यूको कुरा भएको छ, आउने बचन दिनुभएको अध्यक्षज्यूबाट जानकारी भएको छ बर्तौलाले थपे,राष्ट्र बचाउ अभियान, नेपाली कांग्रेस (बीपी), शिव सेना नेपाल लगायत विभिन्न संघ, संस्थाहरूसँग पनि समन्वय भएको र निमन्त्रणा गरिएको छ।’ उनले पार्टीको सम्पूर्ण संयन्त्र परिचालन भएको, तल्लो तहसम्म क्रियाशील भएको र भातृ संगठनहरू चलायमान भएको बताए।

प्रकाशित: १५ वैशाख २०८२ ८:०२ | Monday, April 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast