शिक्षक आन्दोलन : पाँच विद्यालय कर्मचारी घाइते

हिमाल प्रेस १४ वैशाख २०८२ १७:३८ | Sunday, April 27, 2025
शिक्षक आन्दोलन : पाँच विद्यालय कर्मचारी घाइते

काठमाडौँ- शिक्षक कर्मचारी आन्दोलनमा पाँच जना विद्यालय कर्मचारीहरू घाइते भएका छन्। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा शिक्षा ऐनका लागि जारी आन्दोलनको २६ औं दिन आइतबार माइतीघर नयाँ बानेश्वर सडकखण्डमा नेपाल प्रहरी र शिक्षक कर्मचारीहरूबीच झडप हुँदा पाँच जना विद्यालय कर्मचारीहरू घाइते भएका हुन्।

घाइते विद्यालय कर्मचारीहरूमा देवी शर्मा धिताल (जुम्ला), रामबहादुर शाही (जुम्ला), मीनराज डाँगी (जुम्ला) पेम्बा नर्बु तामाङ (सिन्दुपाल्चोक) र दीप खतिवडा (सिन्धुपाल्चोक) रहेको नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका महासचिव शान्तिनाथ योगीले जानकारी दिए।

परिषद्का अध्यक्ष गंगाराम तिवारीका अनुसार घाइते विद्यालय कर्मचारीमध्ये दुई जना सामान्य उपचारपछि घर फर्किएका छन् भने अन्यको सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार जारी छ।

प्रकाशित: १४ वैशाख २०८२ १७:३८ | Sunday, April 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast