‘उसो भए पशुपतिशमशेरलाई पनि श्री ३ बनाउनुपर्‍यो’

हिमाल प्रेस १४ वैशाख २०८२ १२:३७ | Sunday, April 27, 2025
‘उसो भए पशुपतिशमशेरलाई पनि श्री ३ बनाउनुपर्‍यो’

काठमाडौँ- नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले राजतन्त्रसहितको हिन्दुराज्यको नारा चर्काइरहेका राजावादी शक्तिहरूलाई राणा शासनको समेत माग गर्न अनुरोध गरेका छन्।

उनले आज प्रतिनिधिसभामा राजाको शासन फर्किने भए राणा शासन पनि फर्किनुपर्ने माग राखेका छन्। उनले पशुपतिशमशेर राणालाई ‘श्री ३ नबनाउने’ बनाउनुपर्ने माग राखेका छन्।

‘तत्कालीन राजा त्रिभुवन र मोहनशमशेरको सम्झौताबाट राणाशासन अन्त्य भयो । ०६५ जेठ १५ बाट श्री ५ समाप्त भयो । अहिले आएर श्री ५ फर्कन्छ भने श्री ३ किन नफर्किने?,’ प्रतिनिधिसभा बैठकमा आइतबार प्रश्न गर्दै रिजालले भने, ‘ज्ञानेन्द्रका नाति हृदयन्त्र (शाह)लाई श्री ५ बनाउने हो भने राप्रपाले मोहनशमशेरका नातिलाई न्याय गर्नुपर्‍यो। पशुपतिशमशेरलाई श्री ३ बनाउनुपर्‍यो।’

तीनै व्यवस्थामा ‘भाग्यमानी’ पशुपतिशमशेर

प्रकाशित: १४ वैशाख २०८२ १२:३७ | Sunday, April 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast