काठमाडौँ- प्रतिनिधिसभा सदस्य माया राई पक्राउ परेको जानकारी संसद् सचिवालयमार्फत सभामुखलाई जानकारी गराइएको छ।
नेपाल प्रहरीले हिजो बेलुका राई पक्राउ परेलगत्तै सभामुख देवराज घिमिरेलाई पत्र पठाएर जानकारी दिएको हो।
अनुसन्धानमा संलग्न प्रहरी एवं प्रहरी नायव उपरीक्षक हरि खतिवडाले पत्र संसद् सचिवालयलाई पत्र लेख्दै उनी कपनबाट पक्राउ परेको जानकारी दिएको हो। प्रतिनिधिसभा सदस्य पक्राउ परेको विषयलाई सभामुखलाई जानकारी दिनुपर्ने प्रचलन छ।
स्वर्णलक्ष्मी वहुलक्ष्मी वहुउद्देश्यीय सहकारी ठगी अभियोगमा उनी पक्राउ परेकी हुन्। उनी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्।
प्रकाशित: १४ वैशाख २०८२ ७:४७ | Sunday, April 27, 2025
प्रतिक्रिया




