
काठमाडौँ- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशन सरेको छ।
शनिबार बसेको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो। यसअघि जेठ १ गतेदेखि ५ गतेसम्म महाधिवेशन गर्ने तय भएको थियो।
शनिबार बसेको सचिवालय बैठकले महाधिवेशन सारेर जेठ २५ गतेदेखि गर्ने निर्णय गरेको हो।परिमार्जित मिति अनुसार अब अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन जेठ २५ देखि २७ गतेसम्म काठमाडौंमा हुने निर्णय भएको हो।
प्रकाशित: १४ वैशाख २०८२ ७:१८
प्रतिक्रिया