सीकेसँग एकता गर्ने गर्नेगरी नाउपाले बोलायो केन्द्रीय समिति बैठक

हिमाल प्रेस १३ वैशाख २०८२ ७:४९
4
SHARES
सीकेसँग एकता गर्ने गर्नेगरी नाउपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समितिको बैठक बोलाएकी छिन्। वैशाख १७ गते डा.सिके राउत अध्यक्ष रहेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकीकरण हुन गइरहेको छ । त्यसअघि वैशाख १५ गते केन्द्रीय समितिको बैठक बोलाइएको अध्यक्ष श्रेष्ठले बताइन्।

एकीकरणको विषयमा छलफलका लागि बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय सदस्यहरूलाई नागरिकता र मतदाता परिचयपत्र समेत साथमा ल्याउन अध्यक्ष श्रेष्ठले भनेकी छिन् ।

एकताका सबै तयारी पुरा भएको छ । पार्टीको नाम जनमत पार्टी र चुनाव चिन्ह ढकिया रहने सहमति भइसकेको छ भने पार्टीको कार्यकारी अध्यक्ष राउत रहने छन् । नयाँ पार्टीको संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने सहमति भएको छ । केन्द्रीय समितिमा दुवै पार्टीबाट आधा आधा भागबन्डा लगाउने तयारी भएको छ।

प्रकाशित: १३ वैशाख २०८२ ७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast