काठमाडौँ उपमहानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल
काठमाडौँ- काठमाडौँ उपमहानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले स्टन्ट गरेर देश नबने बताएकी छन्।
नेकपा एमालेले बिहीबार लोकतन्त्र दिवसको अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको ‘युथ सेलिब्रेसन’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
डङ्गोलले भनिन्,‘स्टन्ट गरेर देश बन्दैन। देश बनाउन काम गर्नुपर्छ।’
कार्यक्रममा बोल्दै डा.आनन्द सिंहले फरक भूगोल, संस्कृति, भाषा, आचरण र संस्कार नेपालीलाई एकतामा बाँध्ने सुत्र भएको बताए। उनले मुलुक एकतामा बाँधेर राख्दा विचार, बौद्धिकता र समावेशितका क्षेत्रमा सकारात्मक अभ्यास हुने बताए।
पृथ्वीनारायण क्याम्पस पोखरा स्ववियुका सभापति विष्णु पोखरेलले समावेशिता र समानताको प्रत्याभूति लोकतन्त्रमा मात्र सम्भव हुने उल्लेख गरे।
प्रकाशित: ११ वैशाख २०८२ १८:०७ | Thursday, April 24, 2025
प्रतिक्रिया



