सांसदहरूलाई प्रचण्डको निर्देशन : विद्यालय शिक्षा विधेयक पारित गर्न निरन्तर दबाब दिनुपर्छ

हिमाल प्रेस ११ वैशाख २०८२ ११:५६
136
SHARES
सांसदहरूलाई प्रचण्डको निर्देशन : विद्यालय शिक्षा विधेयक पारित गर्न निरन्तर दबाब दिनुपर्छ नेकपा माओवादी केन्द्रको बिहीबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठक। तस्बिर : प्रचण्ड सचिवालय

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकलाई छिटो पारित गर्नका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना दलका सांसदहरूलाई निर्देशन दिएका छन्।

बिहीबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले शिक्षक र कर्मचारीका समस्या समाधानका लागि पहल गर्ने भन्दै निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकलाई छिटो पारित गर्नका लागि प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।

लामो समयदेखि आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनका लागि सरकारले चासो नदेखाएको अवस्थामा अन्य दलहरूसँग छलफल गरेर उनीहरूको समस्या समाधानका लागि पहल गर्ने निर्णय बैठकले गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

‘तराई-मधेस जागरण अभियान’मार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेकाले अभियानका क्रममा जनताले दिएका सुझावलाई सदनमा लैजान समेत प्रचण्डले निर्देशन दिएको पाण्डले बताए।

पाण्डेले विनासकारी भूकम्प गएको दिन बैशाख १२ गते शुक्रबार प्रचण्ड लगायतका नेताहरू गोरखाको बारपाकमा जाने र त्यहाबाट फर्किएर विपक्षी दलहरूसँग छलफल गर्ने जानकारी दिए।

प्रकाशित: ११ वैशाख २०८२ ११:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast