सामाजिक रूपान्तरणमा अध्यक्ष नेपालको जोड

हिमाल प्रेस ११ वैशाख २०८२ ९:४७ | Thursday, April 24, 2025
सामाजिक रूपान्तरणमा अध्यक्ष नेपालको जोड

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राष्ट्रिय पूँजीको विकास गरी उद्योगका माध्यमबाट जनताको आर्थिक तथा सामाजिक रूपान्तरण गर्नुपर्ने बताएका छन्।

लोकतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालमा नै आर्थिक विकासका माध्यमबाट सामाजिक रूपान्तरण गर्न सकिने बताएका छन्।

निरंकुशता कदापि स्वीकार्य नहुने बताउँदै अध्यक्ष नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा सबै वर्ग, जाति समुदाय, धर्मावलम्बीलाई सामाजिक न्याय, समानता, राजनीतिक तथा आर्थिक अधिकार स्थापित गराउन सहज हुने सन्देशमा उल्लेख गरेका छन्।

प्रकाशित: ११ वैशाख २०८२ ९:४७ | Thursday, April 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast