कक्षा १२ को वार्षिक परीक्षा समयतालिका संशोधन, परीक्षा अब बिहान ८ बजेबाट

हिमाल प्रेस १० वैशाख २०८२ १७:०० | Wednesday, April 23, 2025
कक्षा १२ को वार्षिक परीक्षा समयतालिका संशोधन, परीक्षा अब बिहान ८ बजेबाट

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका संशोधन गरेको छ। परीक्षा वैशाख २१ गते बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।

परीक्षामा साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरू (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अंक ७८, ७९, ८० र ८१ छन्) र प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरू (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ हुने) सहभागी हुनेछन्।

परीक्षा नियन्त्रण कार्यालयले विशेष कारणले तालिका संशोधन गरिएको जनाउँदै सम्बन्धित सबैलाई सचेत रहन आग्रह गरेको छ। संशोधित समयतालिका राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट www.neb.gov.np मा प्रकाशित गरिएको छ।

छात्र–छात्राहरूलाई परीक्षा तयारीमा जुट्न तथा तोकिएको समयमै परीक्षा केन्द्रमा उपस्थित हुन परीक्षा बोर्डले अनुरोध गरेको छ।

प्रकाशित: १० वैशाख २०८२ १७:०० | Wednesday, April 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast