ओलीलाई एक दिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार छैन : माओवादी

हिमाल प्रेस १० वैशाख २०८२ १६:४३ | Wednesday, April 23, 2025
ओलीलाई एक दिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार छैन : माओवादी

काठमाडौँ– नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई एक दिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार नरहेको जनाएको छ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले राजनीतिक रुपमा वर्तमान सरकारले बैधानिकता गुमाइसकेकाले आफ्नो औचित्य स्थापीत गर्न पूर्णतः असफल भएको सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेको बताए।

उनले वर्तमान गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकताविपरित बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न नसकेको जिकिर गरे।

माओवादीले प्रचण्ड नेतृत्वको सरकारले अघि बढाएको भ्रष्टाचार विरोधी अभियानलाई उल्टाउने मात्रै नभइ सुशासन कायम गर्न लागेका अधिकारीलाई छानी छानी दण्डित गर्ने काम सरकारले गरेको आरोप लगाएको छ।

प्रवक्ता सापकोटाले आफ्ना मान्छेको निर्लज्ज ढंगले संरक्षण गर्ने र विपक्षप्रति सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रतिशोधपूर्ण कारवाहीको शृंखला नै खडा गरिएको बताए। उनले वर्तमान सरकारले गरेका निर्णय सबै बिचौलियाहरुको स्वार्थमा जनहित र राष्ट्रहितविपरित रहेको उल्लेख गरे।

त्यस्तै माओवादी केन्द्रले शिक्षकका माग पुरा गर्नुभन्दा पनि सरकारले उनीहरुलाई होच्चाउने र अपमानित गर्ने काम गरेको जनाएको छ भने शिक्षा विधेयक फास्टट्रयाकबाट पारित गरेर शिक्षकका जायज माग पुरा गर्न पनि माग गरेको छ।

प्रकाशित: १० वैशाख २०८२ १६:४३ | Wednesday, April 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast