नेपाल पाइलट संघ (पान) द्वारा व्यवसायीक अभिवृद्धि कार्यक्रम घोषणा

हिमाल प्रेस ८ वैशाख २०८२ २०:५८
10
SHARES
नेपाल पाइलट संघ (पान) द्वारा व्यवसायीक अभिवृद्धि कार्यक्रम घोषणा

काठमाडौँ- नवगठित नेपाल पाइलट संघ (पान) ले पाइलटहरूको व्यवसायिकता अभिवृद्धि र संस्थाको पहिचान विस्तार गर्न विभिन्न कार्यक्रमहरूको घोषणा गरेको छ।

काठमाडौँमा आयोजित नेपाल पाइलट समिटको अवसरमा आयोजित कार्यक्रमहरूको घोषणा गरिएको हो।

संघका अनुसार जुलाईदेखि सेप्टेम्बरसम्म मानसिक स्वास्थ्य, मार्गदर्शन र एटीसीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछन्। त्यस्तै अप्रिलदेखि जुलाईबीच अन्तर्राष्ट्रिय पाइलट संगठनको सदस्यता प्राप्त गर्ने, मौसमसम्बन्धी जानकारी प्रवाह गर्न मेट सेल गठन गर्ने र मर्चेन्डाइजिङ कार्यक्रम आयोजना गरिने संघले जनाएको छ।

त्यस्तै सेप्टेम्बरदेखि डिसेम्बरसम्मको अवधिमा वृत्ति विकास, नियम, तालिम तथा कार्यशाला र गोष्ठिको आयोजना गरिने संघले जानकारी दिएको छ। संघका अनुसार डिसेम्बरदेखि आगामी वर्षको मार्चसम्म सामुदायिक सहभागितामा आधारित कार्यक्रमहरू सञ्चालन गरिनेछ।

प्रकाशित: ८ वैशाख २०८२ २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast