जगमान गुरुङले भने : मैले राजासँग भेटेको छैन

हिमाल प्रेस ७ वैशाख २०८२ ९:३५
58
SHARES
जगमान गुरुङले भने : मैले राजासँग भेटेको छैन

काठमाडौँ- राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग नभेटेको प्रस्ट्याएका छन्।

उनले सामाजिक सन्जालमार्फत आफूले पूर्वराजा नभेटेको र त्यस्तो प्रचार नगर्दिन अनुरोध गरेका थिए। उनले भनेका छन्,’राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देल सहित राप्रपाका नेताहरु र जगमान गुरुङले राजासंग भेटे भन्ने कुरा सञ्चार माध्यममा देखियो तर मैले राजासंग भेटेको छैन।’

गत शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहित राप्रपाका नेताहरू पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही पूर्वराजा शाहको आमन्त्रणमा निर्मल निवास पुगेका थिए।

उनीहरूलाई नयाँ वर्षको अवसरमा भन्दै पूर्वराजाले भेट दिएका राप्रपा स्रोतको दाबी छ। भेटपछि राप्रपा नेताहरूले लन्च पनि गरेका थिए। ज्ञानेन्द्रले वर्तमान राजनीतिक परिस्थिति र राजावादी आन्दोलनका विषयमा विफ्रिङ लिएका थिए।

यसका अलावा ज्ञानेन्द्रले आफूले राजसंस्था पुर्नस्थापित कुनै पनि समिति नबनाएको र कसैलाई कमान्डर नतोकेको समेत दाबी गरेका थिए। राप्रपा नेताहरूलाई भने एकताबद्ध भएर अघि बढ्न उनको आग्रह थियो।

प्रकाशित: ७ वैशाख २०८२ ९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast