राप्रपाको प्रदर्शनलाई संयुक्त जनआन्दोलन समितिको साथ

हिमाल प्रेस ७ वैशाख २०८२ ७:५६ | Sunday, April 20, 2025
राप्रपाको प्रदर्शनलाई संयुक्त जनआन्दोलन समितिको साथ

काठमाडौँ- राजतन्त्र पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले राप्रपाको आज (आइतबार)को निषेधित क्षेत्रको प्रदर्शनलाई समर्थन दिने भएको छ। समितिका संयोजक जगमान गुरुङले विज्ञप्तिमार्फत राप्रपाको कार्यक्रमलाई समर्थन रहेको जनाएका छन्।

विज्ञप्तिमा जनताको भावना, धर्म, संस्कार र राष्ट्रिय पहिचानको संरक्षणका निम्ति हुने यस्ता आन्दोलनमा सबै पक्षको ऐक्यबद्धता आवश्यक रहेको उल्लेख गरिएको छ।

समितिले आन्दोलनलाई सफल पार्न सबै तह र तप्काका नागरिकलाई एकजुट भई सहयोग गर्न अपिल गरेको छ।

प्रकाशित: ७ वैशाख २०८२ ७:५६ | Sunday, April 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast