कस्तो बन्ला राप्रपाको निषेधित क्षेत्रको प्रदर्शन?

हिमाल प्रेस ७ वैशाख २०८२ ७:१२
24
SHARES
कस्तो बन्ला राप्रपाको निषेधित क्षेत्रको प्रदर्शन?

काठमाडौँ- राप्रपाले आज(आइतबार) निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ। राप्रपाको कार्यसम्पादन समितिको निर्णयअनुसार सरकारले निषेध गरेका क्षेत्रमा प्रदर्शन गर्ने र सामूहिक गिरफ्तारी दिने योजना छ।

यसका लागि राप्रपाले मुख्य नेताहरूलाई विभिन्न ठाउँमा परिचालित गरेको छ। राप्रपा स्रोतका अनुसार प्रदर्शनकारीले बानेश्वर, भद्रकाली र बालुवाटारस्थित निषेधित क्षेत्र प्रदर्शन गर्नेछन्। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार मध्याह्न १२ बजे राजेन्द्र लिङ्देनको नेतृत्वमा बिजुली बजार पुलमा प्रदर्शनको सुरुवात हुने छ।

पार्टीबाट निर्णय गराएर नै निषेधित क्षेत्र तोड्ने उर्दी गरेपछि प्रशासनले भने कडा चेतावनी दिएको छ। गृह मन्त्रालयले विज्ञप्तिमार्फत निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरे कारबाही हुने चेतावनी दिएको छ।

गत १५ चैतको हिंसात्मक प्रदर्शनबाट राप्रपाका नेताहरू धवलशमशेर राणा र रवीन्द्र मिश्रसहितका नेता–कार्यकर्ता पक्राउ परेका थिए । उनीहरूको रिहाइ माग गर्दै राप्रपाले आन्दोलन गर्दै आएको छ ।

गृहले भनेको छ ‘संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सैह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो–सुकैलाई कानुनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ,’ गृहको विज्ञप्तिमा छ ।

प्रकाशित: ७ वैशाख २०८२ ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast