बजेटका सन्दर्भमा एमालेद्वारा प्रधानमन्त्री ओलीलाई सुझाव हस्तान्तरण

हिमाल प्रेस ३ वैशाख २०८२ १८:५६ | Wednesday, April 16, 2025
बजेटका सन्दर्भमा एमालेद्वारा प्रधानमन्त्री ओलीलाई सुझाव हस्तान्तरण

काठमाडौँ – नेकपा एमालेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव हस्तान्तरण गरेको छ।

बुधबार सिंहदरबारमा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई सुझावपत्र हस्तान्तरण गरेका हुन्।

एमालेले प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यस प्रकारको सुझाव दिए पनि त्यसबेला अघिल्लो सरकाबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेकाले ती सुझाव समावेश हुन नसकेको सन्दर्भमा ताजगीकरणसहित पुनः सुझावपत्र दिएको महासचिव पोखरेलले बताए।

उनले एमालेले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित संकल्पयात्राका आधारमा अघिल्लो सरकारलाई दिइएका सुझावहरु पनि कार्यान्वयनमा आउन बाँकी रहेको जानकारी गराए।

सुझाव बुझ्दै प्रधानमन्त्री ओलीले एमालेको केन्द्रीय विभागहरुको रायसमेतका आधारमा दिएको सुझाव सरकारको नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि उपयोगी हुने विश्वास व्यक्त गरे।

प्रकाशित: ३ वैशाख २०८२ १८:५६ | Wednesday, April 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast