कांग्रेसनिकट महिला संघका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

हिमाल प्रेस ३ वैशाख २०८२ १६:५०
104
SHARES
कांग्रेसनिकट महिला संघका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

काठमाडौँ- नेपाली कांग्रेसको भातृसंस्था नेपाल महिला संघका २० केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन्।

संघकी अध्यक्ष उषा राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले पार्टी सभापति शेरबहादुर देउवासमक्ष सामूहिक राजीनामा दिएका हुन्।

राजीनामा दिने केन्द्रीय सदस्यहरूले महिला संघल विधानबमोजिम कुनै पनि कार्यक्रम अगाडि बढाउन नसकेको आरोप लगाएका छन्।

पारदर्शी तवरमा संगठनको क्रियाकलापहरू सञ्चालन गर्न आग्रह गरे पनि अध्यक्षले सुनुवाइ र पहल नगरेका कारण केन्द्रीय सदस्यबाट राजीनामा गर्न बाध्य भएको राजीनामा पत्रमा उल्लेख छ।

‘पारदर्शी तवरमा संगठनको क्रियाकलाप सञ्चालन गरौँ र हामीले दिएको अवधिभित्र तोकिएको जिम्मेवारी सम्बोधन गर्न आग्रह गरेका छौँ,’ राजीनामापत्रमा भनिएको छ,‘यी तमाम विषयहरूमा अध्यक्षज्यूले कुनै सुनुवाइ र पहल नगरेका कारण अरू पार्टीको सशक्त भातृसंस्थाको साख र यसको संगठन क्रमशः ओरालो लाग्दै गएको दुःखल अवस्थालाई टुलुटुलु हेरेर बस्न उपयुक्त नलागेका कारण पार्टी र नेपाल महिला संघको सुदुर उज्जवल भविष्यका निमित्त नेपाल महिला संघको केन्द्रीय सदस्यबाट सामूहिक राजीनामा दिएका छौँ।’

सामूहिक राजीनामा दिनेहरूमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा.अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा. सीता घिमिरे, तारा थपलिया, सुष्मा तिवारी, लक्ष्मी बाराकोटी, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गीता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सनिशा भेटवाल र पार्वती आचार्य रहेका छन्।

राजीनामा दिएका २० जना केन्द्रीय सदस्यहरू शेखर–गगन समूह निकट रहेको बताइएको छ।

प्रकाशित: ३ वैशाख २०८२ १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast