सरकारले प्रतिगामी शिक्षा ऐन जारी गरी सार्वजनिक शिक्षालाई ध्वस्त बनाउन खोज्दैछ : सोमनाथ गिरी

हिमाल प्रेस ३ वैशाख २०८२ ७:५३ | Wednesday, April 16, 2025
सरकारले प्रतिगामी शिक्षा ऐन जारी गरी सार्वजनिक शिक्षालाई ध्वस्त बनाउन खोज्दैछ : सोमनाथ गिरी

काठमाडौँ- नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले मन्त्रिपरिषद्‍बाट सम्बोधन गर्नुपर्ने शिक्षक कर्मचारीका मागमुद्दाहरूलाई बेवास्ता गरिएको बताएका छन्। मन्त्रिपरिषद्को मंगलबारको बैठकपछि बुधबार बिहान अध्यक्ष गिरीको उक्त भनाइ आएको हो।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘नेपाल शिक्षक महासंघ र नेपाल सरकारबीचमा गत २०८० असोज ५ र १२ गते सम्पन्न सम्झौता बमोजिम मन्त्रिपरिषद्‍बाट सम्बोधन गर्नुपर्ने मागमुद्दाहरूलाई बेवास्ता गर्दै ऐतिहासिक शिक्षक आन्दोलनलाई कमजोर बनाई प्रतिगामी शिक्षा ऐन जारी गरी नेपालको सार्वजनिक शिक्षालाई पूर्ण रूपमा ध्वस्त बनाउने कुटिल षड्यन्त्रमा सरकार अगाडि बढिरहेको छ।’

उनले थप लेखेका छन्,‘सरकारको षड्यन्त्रका अगाडि सम्पूर्ण शिक्षक तथा कर्मचारीहरू अझै उच्च मनोबल, धैर्यता र ऊर्जाको साथ संघर्षको मैदानमा डटिरहन र कुनै बहानावाजी नगरी काठमाडौँ केन्द्रित हुन र निर्णायक संघर्षमा जुट्नुहुन हार्दिक र जोडदार अपिल गर्दछु।’

प्रकाशित: ३ वैशाख २०८२ ७:५३ | Wednesday, April 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast