शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी एडुकेसन इन्टरनेसनल एसिया प्यासिफिकको बोर्ड सदस्यमा निर्वाचित

हिमाल प्रेस २९ असोज २०८३ १४:३९ | Thursday, October 15, 2026
शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी एडुकेसन इन्टरनेसनल एसिया प्यासिफिकको बोर्ड सदस्यमा निर्वाचित

काठमाडौँ- नेपाल शिक्षक संघका संघीय कार्यसमितिका अध्यक्ष सोमनाथ गिरी एडुकेसन इन्टरनेसनल एसिया प्यासिफिकको बोर्ड सदस्यमा निर्वाचित भएका छन्।

इन्डोनेसियाको जकार्तामा जारी विश्व शिक्षक महासंघ एडुकेसन इन्टरनेसनल एसिया प्यासिफिकको १०औँ सम्मेलनका क्रममा गिरी खुला समूहबाट क्षेत्रीय समितिको बोर्ड सदस्यमा निर्वाचित भएका हुन्।

सम्मेलनमा नेपालका तर्फबाट सहभागी भएका गिरीले जलवायु न्यायसम्बन्धी प्रस्तावसमेत प्रस्तुत गरे। उनले प्रस्तुत गरेको प्रस्तावले जलवायु परिवर्तनका असर, वातावरणीय संरक्षण तथा जलवायु न्यायका सवालमा शिक्षक समुदायको भूमिका र शैक्षिक क्षेत्रको जिम्मेवारीलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएको छ।

गिरीको निर्वाचनलाई नेपाली शिक्षक आन्दोलन तथा नेपालको ट्रेड युनियन क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

यसले एसिया-प्रशान्त क्षेत्रको शैक्षिक नीति, शिक्षकका पेसागत हकहित तथा जलवायु न्यायसम्बन्धी बहसमा नेपालको सहभागिता र प्रतिनिधित्वलाई थप सुदृढ बनाउनेछ।

प्रकाशित: २९ असोज २०८३ १४:३९ | Thursday, October 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast