अध्यक्ष अधिकारीले भने- संसद्‌मा शिक्षा विधेयक पेस गर्ने आधार सुनिश्चित छैन, आन्दोलनको मोर्चा नछाडौं

हिमाल प्रेस ३ वैशाख २०८२ ७:३६ | Wednesday, April 16, 2025
अध्यक्ष अधिकारीले भने- संसद्‌मा शिक्षा विधेयक पेस गर्ने आधार सुनिश्चित छैन, आन्दोलनको मोर्चा नछाडौं

काठमाडौँ- एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीले सरकारले यही वैशाख १२ गतेका लागि संसद्को बर्खे अधिवेशन आह्वान गरे पनि विद्यालय शिक्षा विधेयक-२०८० पेस गर्ने आधारचाहिँ सुनिश्चित नभएको बताएका छन्।

नेपाल शिक्षक महासंघको महत्त्वपूर्ण घटक एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष अधिकारीले शिक्षक कर्मचारीलाई आन्दोलनको मार्चामा रहिरहन अनुरोध गरे।

बुधबार विहान उनले भने,‘नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति नेपाल सरकारसँग औपचारिक वार्तामा नै बसेको छैन। शिक्षा, स्वास्थ्य तथा सूचना समितिका सभापति अम्बरबहादुर थापा समितिलाई ऐन निर्माण गर्न अझै डेढ महिना लाग्छ भनिरहेका छ्न्। १२ गते विद्यालय शिक्षा ऐन संसद्‌मा पेस गर्ने आधार सुनिश्चित भएकै छैन।’

अध्यक्ष अधिकारीले शिक्षक कर्मचारीको पक्षमा क्याबिनेटबाट गर्न सक्ने निर्णयहरू नभएको बताउँदै महासंघले औपचारिक धारणा सार्वजनिक गर्न बाँकी रहेको बताए। उनले कुनै पनि शिक्षक कर्मचारीलाई बिनाउपलब्धि घर फर्कन हतार नगर्न अनुरोध गरेका छन्।

प्रकाशित: ३ वैशाख २०८२ ७:३६ | Wednesday, April 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast