शिक्षक आन्दोलन टुंग्याउन कांग्रेस उपसभापति खड्काले अघि सारे दुई विकल्प

हिमाल प्रेस २ वैशाख २०८२ २२:१० | Tuesday, April 15, 2025
शिक्षक आन्दोलन टुंग्याउन कांग्रेस उपसभापति खड्काले अघि सारे दुई विकल्प नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जारी शिक्षक आन्दोलन टुंगोमा पुर्‍याउन उनले दुई विकल्प अघि सारेका छन्। खड्काले दुवै विकल्पका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रसरता लिनुपर्नेमा जोड दिएका छन्।

खड्काले कानुनी रूपमा मन्त्रिपरिषदको निर्णयबाट सम्बोधन गर्न मिल्ने वषयहरुलाई तत्काल निर्णय गरी टुंगो लगाउन सुझाव दिएका छन्।

यसैगरी उनले भनेका छन्, ‘विद्यालय शिक्षा विधेयकलाई शिक्षक महासंघसँग विगतमा भएको सहमति केन्द्रमा राखी बाँकी कुरा सहमतिका आधारमा मिलाएर अब चाँडै बस्ने संघीय संसद्को बजेट अधिवेशनबाट टुंगो लगाउने गरी सहमति गर्ने।’

देशभरका शिक्षकहरू विद्यालय बन्द गरी काठमाडौँ केन्द्रित हुँदा विद्यालयको पठनपाठन र भर्ना अभियान प्रभावित भएको छ। यसैगरी शिक्षकहरू एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालनसमेत बहिष्कार गर्दा विद्यार्थी मारमा परेका छन्।

प्रकाशित: २ वैशाख २०८२ २२:१० | Tuesday, April 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast