प्रचण्डले भने- शिक्षक आन्दोलनमा सरकार संवेदनशील भएन

हिमाल प्रेस ३१ चैत २०८१ १५:०८ | Sunday, April 13, 2025
प्रचण्डले भने- शिक्षक आन्दोलनमा सरकार संवेदनशील भएन

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकहरूको आन्दोलनमा सरकार संवेदनशील नदेखिएको आरोप लगाएका छन्।

भरतपुर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘शिक्षकहरू आन्दोलनमा छन्। १२ दिन हुन लागिसक्यो। सबै समस्या समाधान हुनुपर्छ भन्ने छ तर सरकारको ध्यान त्यसफप्रति संवेदनशील देखिएको छैन।’

यसैगरी डाक्टर र नर्सहरू, लघुवित्तपीडित, सहरकारी पीडित, सबैजसो राजनीतिक दलहरू पनि झन्डै झन्डै सडकमा रहेको उनले बताए। प्रचण्डले भने, ‘सरकारमा भएका पनि अहिले सडकमा आउन थालेका छन्।’ उनले वर्तमान सरकारप्रति चौतर्फी आक्रोश र आवेग बढेको बताए।

प्रकाशित: ३१ चैत २०८१ १५:०८ | Sunday, April 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast