आन्दोलनमा आएका शिक्षकहरू भन्छन्- ऐन लिएर मात्रै विद्यालय फर्किन्छौं

हिमाल प्रेस ३१ चैत २०८१ ११:३९ | Sunday, April 13, 2025
आन्दोलनमा आएका शिक्षकहरू भन्छन्- ऐन लिएर मात्रै विद्यालय फर्किन्छौं

काठमाडौँ- शिक्षकहरूले तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरेका छन्। १२ दिनदेखि आन्दोलनरत उनीहरूले नेपाल शिक्षक महासंघसँग विगतमा भएका सहमतिअनुसार ऐन जारी गर्न माग गरेका हुन्। दैलेखदेखि आन्दोलनमा आएका देवेन्द्र अधिकारीले शिक्षा ऐन जारी गर्न सरकार गम्भीर नभएको बताए।

उनले भने, ‘नयाँ शिक्षा ऐनको लागु हुनुपर्छ। २०२८ सालको शिक्षा ऐनले कहिलेसम्म शिक्षा ऐत्र चलाउने? नयाँ ऐन लागु गर्न विलम्ब भइसक्यो।’ अधिकारीले यसपटक शिक्षा ऐन लिएर मात्रै विद्यालय फर्किने बताए। ‘गत वर्ष पनि हामीले काठमाडौँमा आन्दोलन गरेका थियौं। त्यतिबेला सरकारले आशावादी बनाएको थियो। विभिन्न एजेन्डाहरूमा सहमति भएको थियो। त्यही सहमतिअनुसार शिक्षा ऐन लिन अहिले आन्दोलनमा आएका हौँ। ऐन लिएरै फर्किन्छौं,’ उनले भने।

त्यसैगरी, सप्तरीदेखि आन्दोलनमा आएका शिक्षकहरू ब्रह्मदेव यादव र नरेश प्रसाद रजवले सरकारले ऐन जारी गरे मात्र आन्दोलन रोकिने बताए। उनीहरूको भनाइ छ, ‘जनताका छोराछोरीहरूले पनि गुणस्तरीय शिक्षा आर्जन गर्न पाउनुपर्छ। सरकारले नयाँ शिक्षा ऐन जारी गरे मात्र आन्दोलन रोकिन्छ। यदि यसपटक पनि सरकारले चासो नदिए आन्दोलनलाई निरन्तरता दिन्छौं।’

आन्दोलनमा आउँदा बस्न र खानको पनि समस्या भएको उनीहरूको भनाइ छ।

प्रकाशित: ३१ चैत २०८१ ११:३९ | Sunday, April 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast