‘विद्यालयका सबै काम ठप्प पारेर काठमाडौँ आउनुहोस्, यतिबेला घरमा बस्ने छुट कुनै शिक्षकलाई छैन’

हिमाल प्रेस ३१ चैत २०८१ ६:३१ | Sunday, April 13, 2025
‘विद्यालयका सबै काम ठप्प पारेर काठमाडौँ आउनुहोस्, यतिबेला घरमा बस्ने छुट कुनै शिक्षकलाई छैन’

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सबै शिक्षकहरूलाई काठमाडौँमा जारी आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्।

आन्दोलनको ११ औँ दिनमा काठमाडौँको सडकबाट सम्बोधन गर्दै उनले घरमै रहेका शिक्षकहरूलाई आन्दोलनमा सहभागी गराउन आग्रह गरेका हुन्।

‘एकथरी साथी आन्दोलनको मोर्चामा डटेका छन्, अर्काथरी घरमा आनन्दले बस्ने? त्यो शोभनीय छैन,’ सुवेदीले भने, ‘आन्दोलनबाट सबैका लागि बराबर उपलब्धि हुन्छ। त्यसैले त्यो बराबर उपलब्धिका लागि सबैको योगदान बराबरी हुन जरुरी छ।’

उनले देशभरका शिक्षकहरूलाई आफ्नो विद्यालयमा फोन गरेर आन्दोलनमा सहभागी नभएका साथीहरूलाई काठमाडौँ बोलाउन आग्रह गरे। ‘हरेक शिक्षक साथीहरूले विद्यालमा फोन गरेर, प्रधानाध्यापक हुनुहुन्छ भने उहाँ आफैँले फोन गरेर सबै साथीलाई काठमाडौँ झिकाउन र विद्यालयका सबै कामकारबाही ठप्प गर्न अनुरोध गर्दछु,’ सुवेदीले भने।

महासंघ शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौँमा चैत २० गतेदेखि आन्दोलित छ।

प्रकाशित: ३१ चैत २०८१ ६:३१ | Sunday, April 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast