‘योगी आदित्यनाथ राजतन्त्रको पक्षमा हुनुहुन्न’

हिमाल प्रेस ३० चैत २०८१ १४:५० | Saturday, April 12, 2025
‘योगी आदित्यनाथ राजतन्त्रको पक्षमा हुनुहुन्न’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका विषयमा यसअघि दिएको अभिव्यक्तिको खण्डन गरेका छन्।

बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले योगी आदित्यनाथ नेपाली दूतावास पुगेर आफू राजसंस्थाको पक्षमा नरहेको बताएको भन्ने आफ्नै अभिव्यक्तिको खण्डन गरेका हुन्।

केही दिनअघि आफूले गलत सूचनाको आधारमा आदित्यनाथका बारेमा बोलेको भन्दै उनले आदित्यनाथ दिल्लीको दूतावासमा पुगेको नभइ नेपाली राजदूतले आदित्यनाथलाई भेट्न जाँदा राजाको पक्षमा नरहेको बताएको स्पष्ट पारे।

‘अस्ती मैले बोल्दाखेरी गलत सूचनाको आधारमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री दिल्लीको राजदूतावासमा आउनु भएको होइन, दिल्लीको राजदूतले भेट्न जाँदा उहाँले हामी नेपालमा राजतन्त्रको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, मेरो फोटो राखे पनि त्यो होइन उहाँले भन्नु भएको हो,’ देउवाले भने।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ दिल्लीस्थित नेपाली दूतावासमा नआएको आफू खण्डन गर्न चाहेको देउवाले बताए।

त्यस्तै उनले बीपीको नामबाट स्थापना भएको सहकारीले कुनै पनि प्रकारको बदनाम हुने काम नगर्ने विश्वास व्यक्त गरे।

उनले सहकारी अस्पतालले समेत राष्ट्रका लागि राम्रो काम गर्ने जिकिर गर्नुभयो ।

प्रकाशित: ३० चैत २०८१ १४:५० | Saturday, April 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast