ओली गृहजिल्ला जाँदै, जागरणसभालाई सम्बोधन गर्ने

हिमाल प्रेस ३० चैत २०८१ ८:०२ | Saturday, April 12, 2025
ओली गृहजिल्ला जाँदै, जागरणसभालाई सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदैछन्। उनी दमकमा भएको जागरणसभालाई सम्बोधन गर्दैछन्। सभालाई सम्बोधन गर्न ओली आज बिहान १० बजे भद्रपुर जाँदैछन्।

लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा र प्रतिगामी चलखेलका विरुद्ध एमालेले आयोजना गरेको कोशी प्रदेशस्तरीय जागरणसभाको तयारी पूरा भएको छ। दमकको पशुहाटमा सभा आयोजना गरिएको छ। सभामा सहभागी हुनका लागि कोशी प्रदेशका गाउँगाउँबाट एमालेका कार्यकर्ताहरु दमक झरिरहेका छन्।

एमालेले हिजो साँझ पत्रकार सम्मेलन गरेर जानकारी दिए अनुसार कार्यक्रम स्थलको पूर्वतर्फबाट आउने सवारी साधनहरु रतुवा पुल पारी रोकेर नारा जुलुससहित सहभागीहरु पशुहाट स्थित कार्यक्रम स्थलमा प्रवेश गर्नेछन्।

यसैगरी पश्चिमतिरबाट आउने सहभागीहरू पश्चिम बसस्टेन्डमा सवारी रोकेर नारा जुलुससहित कार्यक्रम स्थल प्रवेश गर्नेछन्। जागरणसभालाई व्यवस्थित गर्नका लागि करिब २ हजार स्वयं सेवक परिचालन गरिएको पार्टीको कोशी प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य शेरधन राईले जानकारी दिए।

आजको आमसभामा एमालेले १ लाख जनता उतार्ने बताएको छ।

प्रकाशित: ३० चैत २०८१ ८:०२ | Saturday, April 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast