आन्दोलनरत शिक्षकहरूलाई प्रधानमन्त्रीले भने- विद्यालय शिक्षा ऐन चाँडै जारी हुन्छ, सडकमा बस्नुपर्दैन

हिमाल प्रेस २९ चैत २०८१ १७:४४
372
SHARES
आन्दोलनरत शिक्षकहरूलाई प्रधानमन्त्रीले भने- विद्यालय शिक्षा ऐन चाँडै जारी हुन्छ, सडकमा बस्नुपर्दैन प्रधानमन्त्री केपी शर्मा ओली

रुपन्देही– प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय शिक्षा ऐन चाँडै जारी हुने बताएका छन्। नेकपा एमाले रूपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षा ऐन चाँडै जारी हुने दाबी गरेका हुन्।

प्रधानमन्त्री ओलीले अहिलेको सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुन्ने खालको भएकाले आन्दोलतमा रहिरहन नपर्ने बताए।

उनले भने, ‘समस्याहरू छन् तर सडकमा गइरहनुपर्ने थिएन। म शिक्षकहरूलाई शिक्षा ऐन चाँडै आउँछ भन्न चाहान्छु। तपाईंहरूले आफ्ना समस्या मात्रै राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ।’

नेपाल शिक्षक महासंघ र सरकारबीच २०७५, २०७८ र २०८० सालमा भएका सहमतिअनुसार अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै महासंघको नेतृत्वमा दश दिनदेखि शिक्षक कर्मचारीहरू माइतीघर–नयाँ बानेश्वर सडकमा आन्दोलित छन्।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा यकिन गरेर स्वीकृत गरेको जनाउँदै उपकुलपतिसँग आफ्नो भिडन्त भयो भन्ने प्रचारमा कुनै सत्यता नभएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast