सरकारले राजनीतिक स्थिरताको काम गरिररहेको उपप्रधानमन्त्री सिंहको दाबी

हिमाल प्रेस २९ चैत २०८१ ११:५४ | Friday, April 11, 2025
सरकारले राजनीतिक स्थिरताको काम गरिररहेको उपप्रधानमन्त्री सिंहको दाबी

काठमाडौँ- उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार स्थिरता चाहने बताएका छन्।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ काठमाडौँ क्षेत्र नम्बर १ ले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान एवं भित्तेपात्रो विमोचन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सरकारले स्थिरता चाहेको बताएका छन्।

‘नयाँ वर्ष सबैका लागि राम्रो होस्  सबै नेपाली आमाबुुबा, दाजुुभाई तथा दिदिबहिनीहरुमा शुभकामना व्यक्त गर्दछु। सबै जीवन सहजरूपमा अघि बढोस्,’ उनले भने,‘ वितेका वर्षमा आशा गरे अनुसार गर्न नसकेका कामहरु सम्पन्न गर्नका लागि हामी सबैलाई सफता मिलोस्। नेपालको राष्ट्रिय राजनीतिमा स्थिरताका लागि सरकारले काम गरिररहेको छ। जीवन र जीविकोपार्जन सहज बनाउन सरकारले काम गरिरहेको कुरा पनि भन्न चाहन्छु।’

प्रकाशित: २९ चैत २०८१ ११:५४ | Friday, April 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast