‘प्रसाईलाई ज्यानको सुरक्षासहित सीमा प्रवेश गराउने काम भारतीय प्रहरीले गर्‍यो’

हिमाल प्रेस २९ चैत २०८१ ६:४५
90
SHARES
‘प्रसाईलाई ज्यानको सुरक्षासहित सीमा प्रवेश गराउने काम भारतीय प्रहरीले गर्‍यो’

काठमाडौँ। तीनकुने घटना घटाएर फरार बनेका दुर्गा प्रसाई पक्राउ परेको खबर आइरहेका छन्। भारतको आसमबाट प्रसाईलाई नियन्त्रणमा लिएको दाबी छ।

नेपाल प्रहरीले भने हालसम्म उनी पक्राउ नपरेको बताएको छ। विज्ञप्ति नै जारी गर्दै प्रहरीले समाचारको खण्डन गरेको छ। प्रसाईका विषयको उनको सचिवालय र उनी संलग्न राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले भने पक्राउ परेको पुष्टि गरेका छन्।

समितिले प्रसाईलाई ज्यानको सुरक्षासहित सीमा प्रवेश गराउने काम भारतीय प्रहरीले गरेको बताएको छ। समितिका प्रवक्ता स्वागत नेपालले प्रसाईले आत्मसमर्पण गरेको नभई नेपालसम्म सुरक्षित पुर्‍याइदिन अनुरोध गरेका छन्।

‘सरकारले काठमाडौँको तीनकुनेको शान्तिपूर्ण कार्यक्रमबाट आफै लखेटेर फरार रहेको बताइरहेको अवस्थामा नेपाल फर्कँदै गर्दा नेपाल प्रहरीले उहाँ नेपाल फर्कीरहेको आफूहरुलाई जानकारी नरहेको प्रतिक्रिया दिएको अवस्थामा उहाँको नेपाल प्रवेशसँगै ज्यान खतरामा रहेको र बेपत्ता समेत पारिन सक्ने स्थिति भएको हुँदा राष्ट्रिय अन्तराष्ट्रिय मानव अधिकारवादी संघ संस्था, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरुलाई उपस्थित भई उहाँको ज्यानको सुरक्षाको प्रत्याभूतिका लागि भूमिका निर्वाह गरिदिनु हुन हामी अपिल गर्दछौं।’ नेपालले
विज्ञप्तिमा भनेका छन्।

प्रकाशित: २९ चैत २०८१ ६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast