रत्न वान्तवाको जन्मोत्सवमा झलनाथको आह्वान : वामपन्थी शक्ति एकताबद्ध बनौँ

हिमाल प्रेस २७ चैत २०८१ ८:४८
128
SHARES
रत्न वान्तवाको जन्मोत्सवमा झलनाथको आह्वान : वामपन्थी शक्ति एकताबद्ध बनौँ

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादका लागि देशका देशभक्त, प्रगतिशील र वामपन्थी शक्ति एकताबद्ध बन्न आह्वान गरेका छन्।

पुराना वामपन्थी नेता एवं खनालका सहयात्री सहिद रत्नकुमार वान्तवालाई श्रद्धान्जली व्यक्त गर्दै खनालले सामाज्यवाद, प्रभुत्ववाद र दलाल पुँजीवादका शोषण, दमन र उत्पीडनका विरुद्धका साझा सवालमा एकताबद्ध बन्नुपर्ने बताएका छन्।

‘सामाज्यवाद, प्रभुत्ववाद र दलाल पुँजीवादका शोषण, दमन र उत्पीडनका विरुद्ध देशका सम्पूर्ण प्रगतिशील र वामपन्थी शक्तिहरुलाई साझा सवालमा एकताबद्ध बनाएर मात्र हामीहरु समाजवादको दिशामा अघि बढ्न सक्छौं।’ खनालले भनेका छन्।

रत्न वान्तवा पन्चायतविरुद्ध लड्ने क्रममा २०३५ साल चैत २७ गते गोली हानी हत्या गरिएको थियो। वान्तवाको वि.सं. २००८ साल चैत २७ मै जन्म भएको थियो।

प्रकाशित: २७ चैत २०८१ ८:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast