
काठमाडौँ– अभिनेत्री एनी कुँवर पक्राउ परेकी छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले कुँवरलाई पक्राउ गरेको हो।
चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनबारे अनुसन्धानका क्रममा कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। कुँवरलाई ललितपुरबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए।
उनले भने, ‘पत्रकार सुरेश रजक जलेको घरमा निज कुँवर देखा परेको र त्यस घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो, विना अनुमति कसैको घरमा पस्नु गलत हो।
प्रकाशित: २५ चैत २०८१ १५:५१
प्रतिक्रिया