शिक्षकमाथि शिक्षा समिति सभापतिको ‘अमर्यादित अभिव्यक्ति’ प्रति महासंघको खेद

हिमाल प्रेस १५ चैत २०८१ ९:२३ | Friday, March 28, 2025
शिक्षकमाथि शिक्षा समिति सभापतिको ‘अमर्यादित अभिव्यक्ति’ प्रति महासंघको खेद नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशाेर सुवेदी। फाइल तस्बिर।

 

काठमाडौँ-  संसद्को शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षकमाथि गरेको ‘अमर्यादित र अशोभनीय’ अभिव्यक्तिप्रति नेपाल शिक्षक महासंघले खेद प्रकट गरेको छ।

यसै क्रममा महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न र शिक्षकहरूको हकको सुनिश्चितता गर्न थप बलियो आन्दोलनको अपिल गरेको छ।

शिक्षा ऐनका लागि २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलन गरेको महासंघले चैत २० गतेदेखि काठमाडौँमा सडक आन्दोलनको तयारी गरिरहेको छ। आन्दोलनमा देशभरका शिक्षक र कर्मचारीको सक्रिय सहभागिता अपेक्षित रहेको जनाइएको छ। महासंघका अनुसार विद्यालय शिक्षा ऐन जारी नभएसम्म संघर्ष जारी रहनेछ।

थापाको अभिव्यक्तिमा खेद जनाउँदै महासंघका आबद्ध सम्बद्ध १५ घटका अध्यक्षहरूले हस्ताक्षर गरेका छन्।

जसमा  

सोमनाथ गिरी, अध्यक्ष, नेपाल शिक्षक महासङ्घ

विष्णुप्रसाद भण्डारी, अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन

शङ्कर अधिकारी, अध्यक्ष, एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठन

लछिराम शर्मा ढकाल, अध्यक्ष, अखिल नेपाल शिक्षक सङ्गठन

सानोभाइ कार्की, अध्यक्ष, अखिल नेपाल शिक्षक सङ्घ

कुमोद कुमार सिंह, अध्यक्ष, राष्ट्रिय शिक्षक मञ्च

रवीन्द्र गिरी, अध्यक्ष, सङ्घीय शिक्षक फोरम

हिक्मत बस्नेत, अध्यक्ष, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन

विष्णु चौधरी, अध्यक्ष, मधेशी शिक्षक फोरम लोकतान्त्रिक

अतुलकुमार लाल, अध्यक्ष, लोकतान्त्रिक शिक्षक युनियन

यादवराज पाण्डेय, अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक परिषद्

विजयरत्न बज्रचार्य, अध्यक्ष, अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठन

रमाकान्त चौधरी, अध्यक्ष, मधेशी आदिवासी शिक्षक संरक्षण मञ्च

गङ्गाराम तिवारी, अध्यक्ष, नेपाल विद्यालय कर्मचारी परिषद्

होम कुमार थापा, अध्यक्ष, संस्थागत विद्यालय शिक्षक युनियन

सभापति थापाले के भनेका थिए? 

शिक्षक आन्दोलनको आगोमा घिउ थप्दै सरकार! महासंघले माग्यो शिक्षा समिति सभापतिको राजीनामा

प्रकाशित: १५ चैत २०८१ ९:२३ | Friday, March 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast