डीएसपी रविन कार्की र ज्ञानेन्द्र बस्नेत एसपीमा बढुवा

हिमाल प्रेस ८ चैत २०८१ १२:५४ | Friday, March 21, 2025
डीएसपी रविन कार्की र ज्ञानेन्द्र बस्नेत एसपीमा बढुवा

 काठमाडौँ- प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन कार्की र ज्ञानेन्द्रबहादुर बस्नेत प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका छन्। गृह मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार उनीहरूलाई बढुवा गरिएको हो।

एक साताअघि रिक्त रहेका दुई एसपी पदमा कार्की र बस्नेतलाई बढुवा गर्न सिफारिस गरिएको थियो। बिहीबार बढुवा निर्णय भएपछि शुक्रबार प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

बढुवा भएका दुवै अधिकृत लामो समयदेखि प्रहरी सेवामा कार्यरत छन्।

प्रकाशित: ८ चैत २०८१ १२:५४ | Friday, March 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast