वैदेशिक अध्ययन अनुमति सेवा चार दिन बन्द हुने

हिमाल प्रेस २९ फागुन २०८१ १०:३४ | Thursday, March 13, 2025
वैदेशिक अध्ययन अनुमति सेवा चार दिन बन्द हुने

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति (एओसी) शाखाको अनलाइन सेवा केही दिनका लागि बन्द हुने भएको छ।

मन्त्रालयले जारी गरेको सूचना अनुसार, एओसी सेवा प्रवाहमा प्रयोग भइरहेको अनलाइन प्रणाली (noc.moest.gov.np) को नियमित मर्मत कार्य गर्नुपर्ने भएकाले यही फागुन २८ गते साँझदेखि चैत २ गते साँझसम्म पूर्ण रूपमा बन्द रहनेछ।

त्यसैगरी, चैत १ गते शुक्रबार मन्त्रालयबाट भौतिक तथा अनलाइन प्रणालीमार्फत प्रवाह गरिने सम्पूर्ण सेवा बन्द रहने पनि जनाइएको छ। सेवा अवरुद्ध हुँदा प्रभावित हुने सबैलाई मन्त्रालयले जानकारी गराउँदै पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ।

प्रकाशित: २९ फागुन २०८१ १०:३४ | Thursday, March 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast