पोखराको न्यूरोडस्थित उपहार फर्निचरमा आगलागी, करिब १ करोडको क्षति

हिमाल प्रेस २४ फागुन २०८१ १४:५३
10
SHARES
पोखराको न्यूरोडस्थित उपहार फर्निचरमा आगलागी, करिब १ करोडको क्षति

पोखरा– पोखराको न्यूरोड दरबारमार्गस्थित उपहार फर्निचरमा आगलागी भएको छ। शनिबार बिहान आगलागीका कारण करिब १ करोड बराबरको क्षति भएको अनुमान छ।

बिहान साढे ४ बजेको समयमा आगलागी सुरु भएको थियो। पोखरा महानगरपालिकाको दमकल, खानेपानीका ट्यांकर, प्रहरी र स्थानीयको सहयोगामा करिब तीन घण्टापछि आगलागी नियन्त्रण भएको थियो।

आगलागीबाट फर्चिनरका मुढा, काठ, प्लाइउडलगायतका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ। मालेपाटनस्थित सशस्त्र प्रहरी गण, वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोली खटिएको थियो।

आगलागीको कारण भने खुलेको छैन। विद्युत सर्ट भएर हुन सक्ने अनुमान छ।

पोखराको न्यूरोडमै गत साता आगलागीको घटना भएको थियो। गत १६ फागुनमा न्यूरोडस्थित श्यामा श्याम ट्रेडर्समा भीषण आगलागी भएको हो।

प्रकाशित: २४ फागुन २०८१ १४:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast