शिक्षक आन्दोलनका यस्ता छन् आचारसंहिता

हिमाल प्रेस २२ फागुन २०८१ १८:३७
28
SHARES
शिक्षक आन्दोलनका यस्ता छन् आचारसंहिता फाइल तस्बिर

काठमाडौँ- नेपाल शिक्षक महासंघले राजधानी केन्द्रित आन्दोलनमा पेसागत र सामाजिक मर्यादा अपनाउन निर्देशन जारी गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बिहीबार ६ बुँदे आचारसंहिता जारी गरेका छन्। देशभरका शिक्षक कर्मचारीले शनिबार राजधानी केन्द्रित आन्दोलन गर्ने कार्यक्रम यसअघि नै सार्वजनिक भइसकेको छ। जसअनुसार फागुन २४ को दिनको १ बजे काठमाडौंको माइतीघर मण्डलामा जुलुस तथा विरोधसभा आयोजना गरिनेछ।

महासंघले फागुन २४ गतेको प्रदर्शन र विरोध सभापछि राजनीतिक पार्टीका केन्द्रीय कार्यालयहरुमा दबाबपूर्ण धर्नामा सामेल हुने कार्यक्रम सार्वजनिक गरेको छ। यसैगरी पहिचानका लागि आन्दोलनको कार्यक्रममा शिक्षक-कर्मचारीका लागि तोकिएको पोसाकमा सहभागी हुन आग्रह गरिएको छ।

आन्दोलन क्षेत्रमा रहेका बोटबिरुवा, गमला र अन्य भौतिक तथा जैविक सम्पदाको सुरक्षा गर्ने र त्यसमा कुनै खालको क्षति हुन नदिने सुवेदीले जानकारी दिए। खाजापानी खाँदा निस्कने फोहरको उचित व्यवस्थापन गरी सडक क्षेत्र सफा राख्ने प्रतिबद्धता पनि महासंघले गरेको छ।

यसैगरी आन्दोलन अवधिमा शिक्षक-कर्मचारीको पेसागत तथा सामाजिक मर्यादा पालना गर्दै तोकिएको क्षेत्रभित्र रहन आग्रह गरिएको छ। आन्दोलन परिचालन समितिको तयारीमा राष्ट्रिय समितिको बैठकले दोस्रो चरणका कार्यक्रम तय गरी सार्वजनिक गर्ने सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

वार्षिक परीक्षाको मुखमा राजधानी केन्द्रित आन्दोलनमा शिक्षक कर्मचारी

प्रकाशित: २२ फागुन २०८१ १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast